सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो।
नेपालगन्जको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मन्त्री सिंहको निधन भएको अस्पतालले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

घाइते भएका चालक धर्मराज जोशी र मन्त्रीका अंगरक्षक दिपेन्द्र भण्डारीको अवस्था स्थिर रहेको र अस्पतालको आकस्मिक कक्षमा भइरहेको जनाइएको छ ।
यसअघि उनकी पत्नी अमृता सिंह र उनका भाउजु जयदेवी सिंहको निधन भएको थियो।
मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर जाने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा भएको थियो। जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।









