बन्दना बम,
सिलगढी/डोटी जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूणर्खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक बर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रुपमा घोषणा भएको छ ।
डोटीका सबै पालिका घोषणा गरे पश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटी जिल्लालाई २०७५ जेठ १९ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता घोषणा गएिको थियो, सोहि बर्षदेखि प्रत्येक बर्ष निरन्तर घोषणा गरिदै आएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर जगदीश जोशीले नेपालमा संचालन भयरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरु जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उप-संयोजक एवं जिल्ला समन्वय समितिकी उप-संयोजक स्मृति चुनारा विकले बताइन । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनु पर्ने उनले बताइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिं खड्काले सत्रै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका करुणाधार बच्चाहरुले सहि समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य संचालन गर्नुपर्ने खड्काले बताए ।









