डोटी/सेती नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार जिल्लाको पूर्बीचौकी गाउँपालिका- ४ सानागाउँ निवासी अन्दाजी ३८ बर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको हो ।

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिं थापाका अनुसार दिउँसो दिपायल नजिक सेती नदि पुल नजिक नुहाउने क्रममा बगेर मृत्यु भएको हो ।
उनी नुहाउने क्रममा बेपत्ता भएपछि स्थानीय र प्रहरीको खोजी कार्यबाट नजिकै मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।









