सिलगढी/डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ आइतबार नगर पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

यो पालिका जिल्लाको अन्तिम पालिकाको रुपमा घोषणा भएको हो । अन्य आठवटा पालिका यस अघिनै घोषणा भइसकेका छन् ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सबै सुचक पार गरेर नगर घोषणा भएको बताए । यो संगै सबै पालिका पूर्ण खोप घोषणा भइसकेका कारण अब छिट्टैनै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने मलासीले बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरु जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिकी उप-संयोजक स्मृति चुनारा विकले बताइन । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनु पर्ने उनले बताइन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बाजीसिं खड्काले सत्रै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले नगर घोषणा सम्भव भएको बताउँदै आगामी वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने जनाए ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय