धनबहादुर बोहरा
डोटी/खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्का प्रथम भएका छन् । ०२५ नम्बर जर्सिका खड्काले निर्धारित दुरी ४२ किलोमिटर २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरेर प्रथम भएका हुन् । खप्तडको ३ हजार ३ सय फिट अग्लो उचाइबाट सुरु भएको म्याराथन डोटीको सिलगढी स्थित शैलेश्वरी टुडिखेलसम्म रहेको थियो ।

प्रथम भएका खड्काले नगद एक लाख २५ हजार प्राप्त गरे । पदमार्गमा भएको म्याराथनमा पहिलोपटक सहभागि जाजरकोट घर भएका खड्का विभिन्न म्याराथनमा सहभागि भएपनि उकालो ओरालो भएको पदमार्गमा आयोजित म्याराथनमा प्रथम हुँदा आत्मबल बढेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो भएका छन् । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भएका ०२७ नम्बर जर्सिका रावतले ८० हजार नगद पुरस्कार जिते । बैतडी घर भएका रावतले यस अघिका विभिन्न म्याराथनमा गोल्डमेडल प्राप्त गरेका थिए । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडि पारेका भएपनि ओरालोमा भने खड्का भन्दा पछि परेका बताए ।

तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका बिरेन्द्र पाण्डेय भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेका थिए । तेस्रोलाई भने ५० हजार पुरस्कार रहेको थियो । ०३६ नम्बर जर्सीका पाण्डेयले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गरेपनि आफू सन्तुष्ट रहेको बताए । म्याराथनमा सहभागि हुन लागेको ५ महिनामै कठिन बाटोमा पनि तेस्रो स्थान सुनिश्चित गरेको पाण्डेको प्रतिकृया थियो ।

डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम खेलकुद परिषदको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढी, श्री नम्बर ५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकको व्यवस्थापनमा आयोजित खप्तड शैलेश्वरी म्याराथनमा स्वदेशी तथा बिदेशी गरी ४८ जना धावक सहभागि रहेका थिए । खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले म्याराथनको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर म्याराथन प्रतियोगिताको आयोजना गरिएको थियो ।

महिलातर्फको हाफ म्याराथनमा पूर्ण लक्ष्मी प्रथम

महिलातर्फको हाफ म्याराथनमा भने त्रिभुवन आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छिन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गर्दै नगद ५० हजार जित हासिल गरिन् । त्यस्तै नेपाल पुलिस क्लबकी रेखा बिष्टले १ घण्टा २२ मिनेट १० सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । डोटी घर भएकी बिष्टले भने नगद ३० हजार प्राप्त गरिन् ।

त्यस्तै तेस्रो स्थानमा भने भैरब प्रसाद गण सिलगढीकी सुन्तली कडायत भएकी छन् । अछाम घर भएकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दूरी पुरा गरेकी थिइन् । कडायतले २० हजार नगद प्राप्त गरिन् ।

जेठ १६ गते खप्तड क्षेत्रमा लागेको गंगा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय