डोटी/एचआईभी/एड्सको क्षेत्रमा काम गर्दै आईरहेको ए.एच.एफ.नेपाल परियोजनाले डोटीमा पनि कामलाई निरन्तरता दिने भएको छ । डोटीमा समेत एचआईभी/एड्सको क्षेत्रमा हालसम्म गर्दै आईरहेको कामलाई निरन्तरता दिने भएको हो ।

सरोकारवालासंग सिलगढीमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा परियोजनाका बिषयमा बोल्दै ए.एच.एफ.नेपालका सुदूरपश्चिम प्रदेश संयोजक माधबराज पन्तले परियोजनाले सहयोग गरेका एआरटी केन्द्रहरुमा गुणस्तरीय उपचार, हेरचाह तथा सेवाको पहुँचमा बढोत्तरी गर्ने उद्देश्य रहेको बताए ।

‘थप गुणस्तरीय एआरटी सेवाहरु बनाउन समन्वय, सञ्जालीकरण र एडभोकेसीलाई बनाइने छ ।’, पन्तले भने, ‘मुख्य लक्षित समुदाय केन्द्रित एचआईभी रोकथाम, जाँच तथा लिकेज सेवाहरुमा सुधार तथा विस्तार गर्ने उद्देश्य रहेको छ ।’

नेपाल सरकारलाई दिगो विकास लक्ष्य र राष्ट्रिय एचआईभी रणनीति योजना सन् २०२१-२०२६ ले परिकल्पना गरेको लक्ष्य प्राप्ती गर्नको लागि एचआईभीको सेवा गुणस्तरीय बनाउँदै एआरटी केन्द्रहरुबाट सेवा प्रदान गर्न सहयोग पुर्‍याउने लक्ष्यका साथ परियोजन अगाडि बढेको संयोजक पन्तले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले सहयोगि निकायले संक्रमितहरुलाई सुरुदेखि अन्तिमसम्म पूणर्रुपमा सहयोग गर्नुपर्ने बताए । परियोजनाले काम गर्दा यहाँको ठाउँ र एचआईभी संक्रमितहरुको वास्तविक समस्याका बिषयमा जानकारी लिएर आफ्ना कार्यक्रमहरु अगाडि बढाउनु पर्ने संयोजक सिंहले बताए ।

लामो समय एचआईभीको क्षेत्रमा काम गर्दै आएकी कमला मल्लले एचआईभी संक्रमितका बालबालिकाहरुको संरक्षणको बिषय टड्कारो आवश्यकता रहेकाले यसमा सबैको ध्यान जानु पर्ने बताइन् । उनले पालिकाहरुले समेत एचआईभी संक्रमितहरुका लागि सहयोग गर्नुपर्ने बताइन् । मल्ल स्वयं एचआईभी संक्रमित हुन् ।

डोटीमा हाल ४९१ जना एचआईभी संक्रमित रहेका छन् । उनीहरु सबै नियमित एआरटीको पहुँचमा रहेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय