रेडक्रसले २३३ टिनका अस्थायी आवास बनाएयो छ ।

खगेन्द्रबहादुर सिंह,
डोटी/२०७९ कार्त्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पूर्बीचौकी गाउँपालिका वडा नम्बर- ३, गैरागाउँका ६ जनाले ज्यान गुमाएका थिए भने ७ जना घाईते भएका थिए । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प जाँदा सो क्षेत्रका सयौं घर भत्किएका थिए ।

भूकम्पले थिलोथिलो भएको उक्त क्षेत्र अहिले बिस्तारै तङ्ग्रीेदै आएको छ । भूकम्पले पूर्बीचौकी गाउँपालिकाका सबैजसो वडाका बस्तीहरु तथा दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका तथा सायल गाउँपालिकामा समेत क्षेति पुर्‍याएको थियो । भूकम्पबाट प्रभावित भइ घरवार बिहिन भएका गैरागाउँ, काँडामाण्डौ लगायतका बस्तीहरुका घरपरवारहरु केहि महिनासम्म विभिन्न संघ संस्थाहरुले दिएका त्रिपालमुनी बसेका थिए ।

केहि महिना त्रिपालमुनी बस्दै आइरहेका परिवारहरु अहिले टिनले बनेका घरहरुमा बसिरहेका छन् । बिहिबार राति बाजुरा केन्द्रबिन्दु बनाएर आएको ५.९ म्याग्निच्युडको भूकम्पको डोटीमा समेत धक्का महसुस भएका थियो । तर बिहिबारको भूकम्पको धक्काले उनीहरुले कुनै किसिमको डरत्रासको महसुस गरेनन् । भूकम्पको धक्का महसुस भएपनि ढुक्कसंग सुतेको स्थानीय टीका लुहारले बताए । त्रिपालबाट अस्थायी घरमा बस्नुपर्दा साह्रै खुसि महसुस भएको लुहारले बताए ।

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाद्वारा निर्माण भएका टिनका अस्थायी आवासका कारण अहिले भूकम्प प्रभावित क्षेत्रका परिवारहरु ढुक्कसंग रात कटाइरहेको छन् । रेडक्रस सोसाइटीले अहिले भूकम्पबाट बढी प्रभावित क्षेत्र पूर्बीचौकी गाउँपालिकाको गैरागाउँ, काँडामाडौ लगायत आसपासका वडाहरुमा टिनका अस्थायी आवास निर्माण गरेको छ ।

रेडक्रसले टिनका दुई सय ३३ वटा अस्थायी घरहरु निर्माण गरेको छ । एउटा शौचालय सहित दुईवटा कोठा भएको टिनका घर निर्माणको लागि सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति खडकबहादुर खड्काले जानकारी दिए । प्रति परिवारलाई जम्मा ९८ हजार छ सय रकम उपलब्ध गराइएको खड्काले बताए । भूकम्प गएदेखिनै रेडक्रसले विभिन्न किसिमका राहत बितरण गर्दै आएरहेको छ ।

टिनको अस्थायी घर निमाणर्का लागी ७३ हजार ६ सय, पोषणयुक्त खानेकुरा तथा आवश्यकता अनुसार तत्कालै खर्च गर्नका लागि १५ हजार र हेन्डवास स्टेसन निमाणर् गरेवाफत चार हजार तथा शौचालय बनाउनका लागि १० हजार प्रदान गरिएको रेडक्रस सोसाइटी डोटी शाखाका मन्त्री सुवास श्रेष्ठले बताए । आवास निर्माण गरेवाफत प्रत्येक परिवारको व्यक्तिको खातामा सिधै रकम पठाइएको श्रेष्ठले जानकारी दिए ।

उक्त भूकम्पमा परी एकै परिवारका ४९ वर्षिय प्रेम बोहरा र उनकी १४ वर्षिया छोरी तुल्सि बोहराको ज्यान गएको थियो भने प्रेमकी श्रीमति बिष्नादेवी बोहरा गम्भिर घाईते भएकी थिइन् । हाल स्वास्थ्य लाभ गरिरहेकी बिष्नादेवी मृत्यु भएका श्रीमान् र छोरीलाई सम्झिँदै टिनको अस्थायी घरमा रात कटाइरहेकी छन् । हामीसंग कुरा गर्दै बिष्नादेवीे आफुमाथि यति ठुलो विपद् पर्दा समेत सरकारले खासै नहेरेको गुनासो पोखिन् । रेडक्रसका कारण रात काट्न केहि राहत भएपनि दिर्घकालिन रुपमा समस्याको समाधानमा सरकारले सहयोग गर्नुपर्ने उनले बताइन् ।

अहिले टिनको घरमा आनन्दसंग बसिरहेको भएपनि हावाहुरी आयो भने कतै उडाएर लैजान्छकी भन्ने डर अझै रहेको स्थानीय बिर्मादेवी भुलले बताइन । उनले सरकारबाट कुनै ठोस निती ल्याएर भूकम्प पिडितहरुका लागि स्थायी रुपमा बस्तीहरु बिस्तार गर्नुपर्ने बताइन । अस्थायी आवासमा टिन, ट्रस्ट तथा काठको प्रयोगरी निर्माण भरिएका छन् ।

कार्त्तिक २२ गते राति गएको भूकम्पले डोटी जिल्लाभरी एक हजार आठ सय घरहरुमा बस्नै नहुनेगरी क्षति पुर्‍याएको थियो । विभिन्न संघ संस्थाले राहत स्वरुप विभिन्न कार्यक्रमहरु गरिरहेका भएपनि सरकारले भने अझै ठोस नीति ल्याएर काम अगाडि बढाएको छैन । ‘हाम्रो आग्रहमा सरकारले कात्र्तिक २२ गते आएको भूकम्पबाट प्रभावित क्षेत्रलाई हेर्ने गरी पुनःनिर्माणको कार्यालय स्थापना भएको छ ।’, पूर्बीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘उहाँहरुको पुनःस्थापना र स्थायी बसोबासका लागि संघिय सरकार, प्रदेश सरकारसंग हामीले पटक पटक भन्दै आइरहेकाले अब आउन बजेटमा सम्बोधन हुने आस्वाशन पाएका छौं ।’ पालिकाबाट पनि भ्यायसम्म सहयोग हुने उनले बताए ।

‘नेपाल सरकारबाट पाउने स्थायी पुनःस्थापनाको लागि हामीले आफ्नो तर्फबाट सकिने पहल गर्दै आएका छौं ।’, डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘स्थानीय सरकार र प्राधिकरणका प्राबिधिकहरुको सल्लाहमा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माणको लागि हामी सबैले पहल गर्नुपर्छ र केहि ढीलो भएपनि सरकरले यो अभियानलाई अगाडि बढाउनेनै छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय