काठमाडौं/कुशल मल्लको विस्फोटक शतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’अन्तर्गत ओमानलाई ८४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले आठ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।

खराब सुरुआत गरेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ५०औं एकदिवसीयमा पहिलो पटक तीन सयभन्दा ठूलो योगफल तयार पार्यो। यसअघि नेपालले मार्च ९ मा पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रनको कीर्तिमानी योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय २६ रन मात्रै बनाउन सक्यो।

ओमानका लागि मोहम्मद नदिमले ८४ बलमा सात चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीइ इनिङ खेले। यस्तै, सन्दीप गौडले ४६, आयान खानले २९ तथा कस्यप प्रजापतिले २५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। यस्तै, ललित राजवंशीले एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे।

दुवै ओपनरलाई शुन्यमा गुमाएर खराब सुरुआत गरेको नेपालका लागि कुशलले ५९ बलमा ९ चौका र ९ चौकासहित शानदार शतक बनाएका थिए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलले बनाएको यो सबैभन्दा छिटो शतक हो। नेपालका लागि कुल ६४ बलको सामना गरेका कुशलले ९ चौका र १० छक्कासहित एक सय आठ रनको इनिङ खेलेर आउट भए।

यस्तै, सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर अविजित रहे। त्यसअघि आरिफ शेख ४३ बलमा २९ रन बनाएर आउट भएका थिए। यसअघि कप्तान रोहित पौडेल २४ तथा भीम सार्की ३३ रन बनाएर आउट भएका थिए। करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित अविजित २९ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य थिएन।

ओमानका लागि आयान खानले दुई तथा बिलाल खान, कलिमुल्लाह, जिशन मक्सुद, फयाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक–एक विकेट लिए।

पहिलो खेलमा नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले तेस्रो खेल साउदी अरबविरुद्ध आगामी सोमबार मुलपानी क्रिकेट मैदानमा खेल्ने छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय