डोटी/शैक्षिक बर्ष २०८० को विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरिय शिक्षा, सबैको अभियान’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको बताइएको छ ।

सामाजिक विकास कार्यालय डोटीले मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको छ ।

विद्यार्थी भर्ना अभियान बैशाख महिनाभरी संचालन हुने बताइएको छ । आ-आफ्नो पालिका भित्रका विद्यालय बाहिर रहेको विद्यालय उमेर समुहका बालबालिकाहरुलाई बैशाख महिनाभित्र विद्यालयमा भर्ना गर्ने व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको छ ।

विपन्नता, अपाङ्गता, अनाथ तथा असहाय लगायत विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना भई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त बालबालिकालाई पोशाक, कापी, कलम, झोला लगायतका शैक्षिक सामग्री सहयोग गरी अभिभावकत्व ग्रहण गर्न जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, प्राध्यापक, उद्योगी व्यापारी, पत्रकार, बैङ्क तथा वित्तिय संघ संस्था, गैसस तथा विभिन्न क्षेत्रमा क्रियाशील वुद्धिजीवि शिक्षा प्रेमी परोपकारी व्यक्ति तथा निकायहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न योगदान गरी विद्यार्थीको अभिभावकत्व ग्रहण गरिदिन हुन अनुरोध गरिएको सामाजिक विकास कार्यालय राजपुरका प्रमुख जयदेव महराले जानकारी गराए ।

जिल्ला भित्रका विभिन्न कारणले विद्यालयमा भर्ना हुन नसकेका विद्यालय उमेर समुहका बालबालिकाहरुको नाम, ठेगाना, अभिभावकको नाम, सम्पर्क नं, विद्यालय बाहिर रहनुको कारणबारे स्पष्ट विवरण फोन तथा सामाजिक सञ्जाल मार्फत नजिकको विद्यालय, सम्बन्धित स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ डोटी, सामाजिक विकास कार्यालय डोटी र सामुदायिक विकास केन्द्र डोटीमा उपलब्ध गराइ दिन हुन समेत अनुरोध गरिएको महराले बताए ।

भर्ना अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय तहहरुसंग सहकार्य गर्दै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितताको लागि जनचेतना फैलाउने तथा विद्यालयमा विद्यार्थी भर्नादर शतप्रतिशत पुर्‍याउने उद्देश्यका अगाडि बढ्ने बताइएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय