दिपायल/होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लोक बहादुर खड्का चयन भएका छन् । संघको १५ औं साधारण सभा एवं पाँचौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत चयन भएका हुन् ।
खड्काको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संगको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर मन्नी, उपाध्यक्षमा रामबाबु यादव र महासचिवमा हरिश कुँवर चयन भएका छन् ।

त्यस्तै सचिवमा नरेश बोगटी, कोषाध्यक्षमा पूजा रावल, सह कोषाध्यक्षमा हर्क बहादुर बोगटी चयन भएका छन् ।
सदस्यहरुमा मान बहादुर धामी, दीपेन्द्र केसी, बोझ बहादुर बोगटी , नन्दन कार्की, गणेश बोहरा, जनक खड्का र पुष्पा श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले व्यवसायिहरुको हकहित र विकासका लागि व्यवसायिक एकता आबस्यक रहेको बताए ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले होटल व्यवसायहरूको सेवा, सत्कार र व्यवहारले जिल्लाको पहिचान झल्किने भएकाले होटल व्यवसायलाई पाहुना घरका रूपमा सञ्चालन गर्न सुझाव दिए । उनले बालबालिकाहरुलाई श्रममा प्रयोग नगर्न अनुरोध गर्दै बालश्रमिक मुक्त नगर बनाउन सहयोग गर्न आग्रह गरे ।
नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष राजेन्द्र शाहीले आजै पद हस्तान्तरण गरेका छन् ।









