गणेश मौनी,
डोटी/सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा यस बर्ष शैक्षिकसत्र सुरु नहुदै पाठ्यपुस्तक पुगेका छन् ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आपुर्ति गर्ने जिम्मा प्राईभेट कम्पनीले लिएको छ भने कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपुर्तिको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रको हो ।

कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक आपुर्तिको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रले बैशाखको पहिलो साताभित्र सुदूरपश्चिम प्रदेशका सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य रहेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीका प्रमुख ध्रुब पन्तले बताए ।

‘जनक शिक्षा सामाग्री केन्द्रले यस बर्ष २०७९ साल चैत्र २६ गते देखि ६-१० कक्षाको पाठ्यपुस्तक दार्चुला र बाजुरा जिल्लाबाट बितरण कार्य सुरु गरिसकेको छ ।’ सुदूरका पहाडी जिल्ला दार्चुला, बझाङ, अछाम, बाजुरा, बैतडी जिल्लाहरुमा पनि आवश्यकता अनुसार पाठ्यपुस्तक वितरण गरिसकेको छ भने अन्य बाकी रहेका डोटी, डडेलधुरा, कैलाली कंचनपुरमा पनि बैशाखको पहिलो साताभित्र पाठ्यपुस्तक वितरण गरिसक्ने समेत कार्यालय प्रमुख पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशमा कक्षा ६-१० को लागि १८ लाख थान पाठ्यपुस्तक आवश्यक भएकोले सबै जिल्लालाई पुग्ने किसिमको, सबै विषयबस्तु सहितको पाठ्यपुस्तक ब्यवस्थापनमा रहेको पन्तले बताए । उनले भने ‘गत बर्ष बिद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउँदा साह्रै हैरानी खेप्नु परेको थियो सोही समस्यालाई बुझेर हामिले यस वर्ष सुदूरका दुर्गम जिल्लाका विकट वस्तीहरुमा समयमै पाठ्यपुस्तक पुर्‍याउन पहल गरेका हौं ।’

बाजुराको कोल्टी, दार्चुलाको लिपुलेकमा समेत शैक्षिकसत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगीसकेको जनक शिक्षा सामाग्री केन्द्र प्रादेशीक कार्यालय धनगढीले जनाएको छ ।

सामुदायिक विद्यालयमा कक्षा १-५ का पाठ्यपुस्तकहरु आपुर्तिको जिम्मा लिएका प्राईभेट कम्पनीहरुले पनि विद्यालयले माग गरे अनुसार पाठ्यपुस्तकहरु जिल्लामा पुर्‍याइसकेको दिपायल पिपल्ला स्थित प्राची बुक्स एण्ड सप्लार्यसका सञ्चालक डिक बहादुर महराले बताए । उनले भने ‘कक्षा १-५ का पाठ्यपुस्तकहरु हामीले माग गरे अनुसारका सबै पुस्तकहरु जिल्लामा पुगिसकेका छन्, विद्यालयमा पठाउने कार्य भईरहेको छ ।’

डोटी जिल्लामा कक्षा ६-१० का लागि आवश्यक पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रले केही दिन भित्र आवश्यक माग अनुसारका पाठ्यपुस्तक उपलब्ध गराउने जानकारी गराईसकेको संचालक महराले बताए । गत बर्ष पुस मसान्त सम्म पनि केही पाठ्यपुस्तकहरु नपुगेको बताउदै यस बर्ष विद्यार्थीलाई पढाईमा सहजता हुने समेत उनले बताए ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको ६ महिना, ८ महिना बितिसक्दा पनि पाठ्यपुस्तक आइपुग्दैन थियो तर यस बर्ष शैक्षिकसत्र शुरु हुनु अगावै पाठ्यपुस्तक आईपुग्दा विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने देखिएको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । ३ सय ८८ वटा सामुदायिक विद्यालय रहेको डोटीमा करिब ६० हजारको हाराहारीमा विद्यार्थीहरु रहेको शिक्षा विकास समन्वय इकाई डोटीले जानकारी दिएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय