धनबहादुर बोहरा,
डोटीका एक दम्पती भारतमा अवस्थामा फेला परेका छन् । सायल गाउँपालिका वडा नम्बर १ घर भइ हाल रोजगारको सिलसिलामा भारतको मदुरासमा बस्दै आएका दम्पती कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।
आइतबार बिहान १० बजेतिर आफ्नै कोठामा मृत फेला परेका हुन् । मृतक हुनेमा अन्दाजी २६ बर्षीय पुरूष प्रेम देउवा र उनकी श्रीमति अन्दाजी २४ बर्षीय मन्सरी देउवा रहेको मृतकका अंकल रण बहादुर देउवाले जानकारी दिए । मृतक दम्पती डेढ बर्ष अघि बिवाह बन्धनमा बाँधिएका थिए ।

रहस्यमय यो घटनाले अहिले परिवार तथा गाउँनै शोकमा डुबेको छ । पोस्टमार्टम भैईरहेको र घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको परिवार श्रोतले जानएको छ ।









