धनबहादुर बोहरा
डोटी/सायल गाउँपालिकाका दुई जना समाजसेवीले बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । वडा नम्बर २ घर भएका सेमाजसेवी मिलन बोहरा र गोपाल भुलले सोहि वडाका पयतोला, खडगडा, लुसाकोट र भुर्केला टोलका टुहुरा, असहाय, दलीत परिवारका ४५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
श्री खर्स्याडी बालबिकास केन्द्रमा अध्ययनरत बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्रीहरुमा झोला, कपी, डटपेन, कलगेट/ब्रस, साबुन लगायतका रहेका छन् ।

आगामी दिनमा पनि आफुहरू सधै असहायहरूको साथी भएर अगाडि बढ्ने समासेवी मिलन बोहराले बताए ।









