गणेश मौनी,
डोटीको शिखर नगरपालिकाले गुणस्तरिय शिक्षाका लागि नयाँ अभ्यासको सुरुवात गरेको छ ।
विद्यालयको आधारभूत तहको वास्तविक शिक्षण सिकाइको गुणस्तर तथा सिकाइ दर मापन गर्नको लागि नगरपालिकाले कक्षा ८ लाई माध्यामिक शिक्षा परिक्षा (एसईई) को प्रक्रिया जस्तै परिक्षा संचालन गरी नतिजा मापन गरेको शिखर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शेरबहादुर कार्कीले बताए ।

हाम्रो विद्यालयहरुमा शिक्षाको गुणस्तर कस्तो छ आगामी दिनमा गुणस्तर बृद्धि गर्न सहजता होस् भन्ने हेतुले माध्यामिक शिक्षा परिक्षाको विधि जस्तै प्रक्रिया अपनाएर कक्षा ८ को परिक्षा संचालन देखि नतिजा सार्बजनिक गरेको कार्कीले बताए । कक्षा ८ को परिक्षा संचालन गर्दा प्रश्नपत्र निमाणर्, परिक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष परिक्षा निरिक्षक, सहायक निरिक्षण निर्धारण, उत्तरपुस्तिका निमाणर् देखि छुट्टै परिक्षण लगाएतका सम्पूणर् कार्य एसईई परिक्षा संचालन विधिजस्तै संचालन गरिएको उनले बताए । कक्षा ८ को परिक्षा यस्तो प्रक्रियाबाट संचालन हुन्छ भने सम्पूणर् विद्यालयहरुलाई आर्थिक बर्षको सुरुवातमा नै जानकारी गराएको समेत शाखा प्रमुख कार्कीले बताए ।
पालिकाले नयाँ विधिको सुरुवात गर्दा सुरु सुरुमा धेरै विद्यालयका विद्यार्थीहरु अनउत्तिणर् हुने संख्या बढ्दो मात्रामा देखिए पनि आगामी दिनका लागि ठुलो सहयोग पुग्ने बताइएको छ ।
नगरपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन गर्न शैक्षिक गुणस्तर बृद्धीका लागि पालिकाले नयाँ अभ्यासको सुरुवात गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घबहादुर बलायरले बताए । यस बर्ष कक्षा ८ बाट सुरुवात गरेका छौं आगामी बर्षहरुमा अन्य कक्षामा पनि यस्तै विधि प्रक्रिया अपनाएर परिक्षा प्रणाली संचालन गर्नेछौं, शैक्षिक सत्र सुरुवात देखि नै शैक्षिक गुणस्तर बृद्धि गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिने नगर प्रमुख बलायरले बताए ।
बैशाख महिनामा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरुको अध्ययन गर्ने, अभिभावकहरु संग बृहत भेला, शिक्षकहरुलाई अभिमुखिकरण लगाएका विभिन्न कार्यक्रमहरु शैक्षिक सत्रको सुरुवात देखि नै संचालन गरिने नगर प्रमुख बलायरले बताए ।
अभिभावकहरुले आफ्ना छोराछोरीहरुहरुको पढाई प्रति ध्यान नदिनु, जनक शिक्षा सामाग्री केन्द्रले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु लगाएतका केही कारणहरुले पनि पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्किदो रहेको नगर प्रमुखको भनाइ छ ।
यहि चैत्र ५ गते देखि १३ गतेसम्म सञ्चालन गरेको नगरस्तरीय आधारभूत तह स्तरिय परिक्षा अन्तरगत कक्षा ८ मा ७ सय ८९ जना बालबालिकाहरु सहभागि रहेका थिए । जस मध्य परिक्षाको सम्पूणर् प्रक्रिया पश्चात ३ सय ४१ जना (४३.२ प्रतिशत) उत्तिणर् भएका छन् । त्यस्तै २ सय ५४ जना (३२.२ प्रतिशत) पुरक दिन पाउने भएका छन भने १ सय ९४ जना (२४.६ प्रतिशत) अनुत्तीणर् भएका शिक्षा शाखाले जनाएको छ ।
२८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको नगर स्तरिय कक्षा ८ को परिक्षामा केही विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर रहेको देखिएको छ । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पालिकाले शैक्षिक सत्रको शुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु संचालन गरिने जनाएको छ ।
कक्षा ८ को परिक्षालाई माध्यामिक शिक्षा परिक्षाको विधि प्रक्रिया अनुसार परिक्षा संचालन गर्ने सुदूरपश्चिममा यो पहिलो पालिका रहेको छ ।









