डोटी/शिखर नगरपालिका वडा नम्बर १ तेछडा स्थित एक घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
धनेश नागरीको घरमा शनिबार दिउँसो आगलागी भएको हो । नागरीकी आमा खाना पकाइरहेको अवस्थामा आगोमा सुकाउन भनि राखेका दाउरामा आगो सल्किदा आगलागी भएको स्थानीय मनिराम नागरीले जानकारी दिए ।


नागरीका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि घरमा रहेको अनाज, लुगा कपडा, नगद तथा गरगहना जलेर नष्ट भएको छ । आगलागीबाट घर भत्किएको छ । पशुचौपाय दिउँसो चरिचरन गर्न वनमा हुँदा पशुचौपायलाई समेत कुनै क्षति नभएको बताइएको छ ।
आगलागीबाट क्षतिको यकिन नभएको नागरीले बताए ।









