बन्दना बम,
डोटीको शिखर नगरपालका वडा नम्बर १ कपल्लेकी स्वास्थ्य चौकीमा प्रयोशाला सेवा संचालनमा आएको छ ।

शनिबार एक कार्यक्रमका बिच प्रयोगशालाको उद्घाटन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा प्रयोगशालाको स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।

प्रयोगशााको उद्घाटन गर्दै समन्वय प्रमुख सिंहले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले ल्याब स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताएका छन् । ‘ल्याब स्थापनाले स्थानीयले बाहिर जान नपर्ने भएको छ’, सिंहले भने, ‘स्वास्थ्यमा समस्या आइ बाहिर जाँदा खर्च समेत ठुलो हुने भएकाले आर्थिक रुपमा समेत यसले सहुलियत हुनेछ ।’

हामीले स्वास्थ्य, शिक्षा, कृषि र यातायातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सिंहले बताए ।

आफु निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र फलस्वरुप ल्याब स्थापना गर्न सफल भएको वडा अध्यक्ष दिपकबहादुर बोगटीले बताए । वडा कार्यालयबाट ५ लाख बराबरको ल्याब सामग्री खरिद र ३ लाख बराबरको प्रयोगशाला कक्ष मर्मत गरिएको अध्यक्ष बोगटीले बताए । ‘स्वास्थ्य निर्देशनालय राजपुर र स्वास्थ्य कार्यालय डोटीको सहयोगबाट प्रयोगशालामा प्रयोग हुने सामग्रीहरुको सहयोग भएको र सबैको सहयोगबाट सेवा संचालनमा ल्याउन सफल भएका छौं’, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष बोगटीले भने, ‘ल्याब स्थापनाबाट वडाबासी सबैलाई सहज हुनेछ ।’

प्रयोगशालाबाट रगत चेकजाँच, विभिन्न किसिमका भाइरल टेष्ट, दिसापिसाब चेकजाँच, मलेरिया, युरिकएसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग जाँच लगायतको चेकजाँच हुने ल्याब इन्चार्ज माधब जोशीले जानकारी दिए । प्रयोगशालाबाट करिब २०/२१ प्रकारको चेकजाँच हुने बताइएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय