गणेश मौनी
डोटी/सिलगढीमा सात दिने निःशुल्क आरन व्यवसाय तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय डोटीको आयोजनामा संचालन भएको तालिमको एक कार्यक्रमका बिच आईतबार उद्घाटन गरिएको हो ।

स्थानीय व्यवसायलाई प्रवद्र्धन गरी उद्यमशील जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सामाजिक विकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् । उनले भने ‘सामाजिक विकास कार्यालयको मुख्य कार्य नै सशक्तिकरण गर्नु हो सोही अनुरुप कार्यालयले आयआर्जन मुलक कार्यलाई जोड दिने गरेको छ ।’

आरन यवसाय तालिमले गरीबी घटाउन सहयोग पुग्नुका साथै स्थानीय कृषि औजार प्रवद्र्धनमा सहयोग पुग्ने समेत प्रमुख महराले बताए ।

तालिम पूणर् प्रयोगात्मक बिधिमा रहने समेत आयोजकले जनाएको छ । तालिम पश्चात आरन व्यवसायीहरुलाई थप व्यवसाय गर्न सामाजिक विकास कार्यालयले प्रत्येक ब्यक्तिलाई बिस हजार सहयोग गर्ने समेत प्रमुख महराले बताएका छन् ।

सात दिन सम्म संचालन हुने तालिममा डोटी जिल्लाका नौ वटा स्थानीय तहबाट २/२ जना आरन व्यवसायी र सामाजिक विकास कार्यालय तर्फबाट ३ जना गरी २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय