गणेश मौनी
डोटी/सिलगढीमा रहेको पुरानो शैक्षिक संस्था पबित्र आवासीय माध्यामीक बिद्यालयले नयाँ शैक्षिक सत्रबाट मल्टिमिडिया पद्धतीबाट पठन पाठन गर्ने भएको छ ।
बिद्यालयले गत फागुन महिना देखि आधुनिक प्रविधीको प्रयोग गरी अडियो र भिडियो मार्फत कक्षाहरु संचालन गरेको भएपनि नयाँ शैक्षिक सत्रबाट सबै कक्षाहरुमा पूणर् रुपमा मल्टिमिडिया पद्धतीबाट शिक्षण कार्य संचालन गर्ने भएको हो ।


बिद्यालयको शैक्षिक गुणस्तरका साथै भौतिक निमाणर् कार्यलाई पनि अघि बढाएको पबित्र आबासिय माध्यामीक बिद्यालयका प्रिन्सीपल बिनोद मीश्रले बताए । उनले भने ‘हामी पूणर् रुपमा नयाँ प्रविधीको प्रयोग गरेर बिद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धी गरी नमुना बिद्यालयको रुपमा स्थापित गराउने छौ ।’ बिहीबार बिद्यालयले नयाँ शैक्षिक सत्रबाट संचालनमा ल्याउने गरी मल्टिमिडिया कक्षा संचालनको लागि तिन कोठे भवनको सुरुवात गरेको बिद्यालयले जनाएको छ ।

पछिल्लो समयमा विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि जिल्लाका सरोकारवाला निकाय, प्राध्यापक, अभिभावकहरु संग पटक-पटक छलफल समेत गरेको थियो ।
२०४० सालमा स्थापना भएको पबित्र आवासीय माध्यामीक बिद्यालय संग आफ्नै खेलमैदान सहितको भवन, स्कुल बस, तालिम प्राप्त शिक्षकहरु रहेका छन् । पबित्र आवासीयबाट अध्ययन गरेका व्यक्तीहरु डाक्टर, ईन्जीनियर, कानुन विद् र सरकारी सेवाको उच्च पदमा पुगेका बिद्यालयले जनाएको छ ।









