दिपायल/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले खुटिया दिपायल फास्ट ट्र्याक, बोगटान सडक र खप्तड क्षेत्रको विकास गर्नु आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको बताएका छन् ।

नेपाली कांग्रेस डोटीले दिपायलमा आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा भेटघाट कार्यक्रमा बोल्दै मुख्यमन्त्री शाहले उक्त कुरा बताएका थिए ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री शाहले भने हाम्रो प्रमुख प्राथमिकता भनेको खुटिया दिपायल फास्ट ट्र्याक, बोगटान सडक र खप्तड क्षेत्रको बिकास गर्नु हो, यसका साथै प्रदेश सरकारका गौरबका योजनालाई समेत प्राथमिकता दिने बताए ।

आफु जनताको काम गर्न मुख्यमन्त्री पदमा नियुक्त भएकोले प्रदेश सरकार स्थानीय सरकारसंग सहकार्य गरि एकद्वार प्रणाली मार्फत स्रोत साधनको पूर्ण सदुपयोग गरी जनताको शिर निहुराउन नदिने समेत मुख्यमन्त्री शाहले बताएका थिए ।

मुख्यमन्त्री शाहले आजै शिखर नगरपालिका वडा नम्बर ११ मा रहेको नदि कटान क्षेत्रको अवलोकन समेत गरेका थिए । मुख्य मन्त्री शाह संगै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री प्रकाश बहादुर देउवा पनि पहाडी जिल्लाको भ्रमणमा आज डोटी पुगेका हुन् । मुख्यमन्त्री शाह आजै गृह जिल्ला अछाम गएका छन् । मुख्यमन्त्री शाहको भोली देखि जिल्लाका विभिन्न स्थानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय