गणेश मौनी,
डोटी/चैत्र १७ गते देखि संचालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि डोटीमा एक परीक्षा केन्द्र थप गरिएको छ ।

एसईइ परीक्षा संचालनका लागि ११ वटा परीक्षा केन्द्र रहेको डोटीमा यस वर्ष देखि सायल गाउँपालिका वडा नम्बर ५ मा रहेको ओम आधारभूत बिद्यालय सुन्डमा नयाँ परिक्षा केन्द्र थप भए संगै डोटीमा १२ वटा परीक्षा केन्द्र रहने शिक्षा विकास तथा सम्मन्वय इकाई डोटीका शाखा अधिकृत रामदत्त भट्टले बताएका छन् ।

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि डोटीमा पद्म पब्लीक मुक्तीनारायण माबि सिलगढी, दिल्पेश्वर माबि दिपायल, सुजङ, बोर्डिङ स्कुल राजपुर, रामपुर माबि बुडर, राधाकृष्ण माबि गोपघाट, बर्छैन माबि बर्छैन, दुर्गा माबि लमौते, सरस्वती माबि सानागाउँ, शारदा माबि मौवा, झिमेमालीका माबि वायल, खत्याडी माबि खत्याडी चमराचौतारामा परीक्षा केन्द्रहरु राखिएका छन् भने नयाँ केन्द्रको रुपमा ओम आधारभूत बिद्यालय सुन्डलाई राखिएको शाखा अधिकृत भट्टले बताए ।

यस बर्षको एसईई परीक्षामा डोटीबाट ४ हजार ९ जना बिद्यार्थीहरु सहभागि हुने भएका छन् । जसमा नियमित तर्फ छात्रा १ हजार ६ सय ५१, छात्र २ हजार १ सय २१ ग्रेडबृद्धि तर्फ छात्रा ३८ छात्र २४ रहेका छन् भने प्राबिधिक तर्फ छात्रा ७० छात्र १ सय ५ जना बिद्यार्थीहरु सहभागि हुने समेत शाखा अधिकृत भट्टले बताए ।

राष्ट्रिय परीक्षा बोर्डको निणर्य अनुसार एसईई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुने छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय