सिलगढी/डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । नेकपा बिप्लब निकट अनेरास्ववियु (क्रान्तिकारी) का बिद्यार्थीहरुले निर्वाचन स्थलमै प्रवेश गरी मतपेटीका तोडफोड गर्नुका साथै अन्य सामग्री तोडफोड गरेका कारण स्थगित भएको निर्वाचन कमिटीले जनाएको छ ।


मतदाताको परिचय पत्र समबन्धी सामान्य बिवाद भइरहेकै समयमा केहि बिद्यार्थी भित्र प्रवेश गरी मतपेटीकामा लाता हानेर फुटाएको हो ।
निर्वाचन करिब ६५ प्रतिसत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा बिद्यार्थी संख्या ८०९ जना रहेका थिए ।
निर्वाचन समितिले सूचना जारी गर्दै केही असाजक व्यक्तिहरुले मतपेटीका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका संगठनहरुले अराजक कार्य गरेको नेपाल बिद्यार्थी संघले आरोप लगायको छ । अहिले नेपाल बिद्यार्थी संघका नेता तथा बिद्यार्थीहरुले सुरक्षा कमजोर गरेका कारण घटना घटेको र निर्वाचन फेरी सुचारु हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ ।









