डोटी/चैत ५ गते हुने स्ववियु निर्वाचनमा डोटीका सबै क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अनेरास्ववियुले नेपाल विद्यार्थी संघका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अनेरास्ववियु र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै सो कुरा सार्बजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अनेरास्ववियु जिल्ला अध्यक्ष कृष्णबहादुर बोगटी र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति मार्फत आइतबार हुने निर्वाचनमा नेविसंघका उम्मेदवारलाई सहयोग गर्ने बताइएको छ ।









