सिलगढी/डोटीको सदरमुकाम सिदगढीमा मोटरसाइकल र जीप एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। सिलगढीबाट परिवारका सदस्य बोकेर दिपायलतर्फ जाँदै गरेको सु.प्र.प.०१००११२५९ नम्बरको फोर्स जीप र दिपायल सिलगढी नगरपालिकाको स्वास्थ्य शाखाबाट आउँदै गरेको सु.प्र.प.०१०१०४७७४ नम्बरको मोटरसाइकल जिल्ला अदालत मोड अगाडि एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

दुर्घटनामा दिपायल सिलगढी नगरपालिका-७ का जीप चालक तथा गाडी धनी मानबहादुर विष्टकी आमा धौलीदेवी बिष्ट, मानबहादुरकी श्रीमती दुर्गादेवी बिष्ट, उनको साढे एक वर्षका छोरा सिजन विष्ट, सोहि जीपमा रहेका बडीकेदार गाउँपालिका-१ घर भएका जर्णबहादुर बम घाइते भएका छन्।

त्यसैगरी घाइते हुनेमा मोटरसाइकल चालक स्वास्थ्यकर्मी बिष्णु बोहरा र मोटरसाइकल पछाडि बसेका स्वास्थ्यकर्मी टंकीकुमारी उपाध्याय जोशी रहेका छन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले बताए। दुर्घटना बिहान करिब ११ बजेतिर भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जीपमा सवार चालककी आमा धौलीदेवी विष्ट र मोटरसाइकल चालक बिष्णु बोहरा गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशीक अस्पतालमा सेनाको हेलिकप्टरबाट लैजाने तयारी भइरहेको बताइएको छ। उनीहरुको जिल्ला अस्पतालबाट रेफरसमेत गरिसकिएको अस्पताल स्रोतले जनाएको छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय