डोटी/कृषि पत्रकार महासंघ डोटी शाखाको अध्यक्षमा पत्रकार गणेश मौनी चयन भएका छन् ।


सिलगढीमा मंगलबार आयोजना गरेको पत्रकारहरुको भेलाले अध्यक्षमा गणेश मौनीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेका हुन् । उपाध्यक्षमा शरिता कठायत र धन बहादुर बोहरा, सचिबमा कृष्ण बबहादुर चन्द, कोषाध्यक्षमा राज पार्कि, सह सचिबमा ईन्द्र शाही र भरत बम चयन भएका हुन भने सदस्यहरुमा दिपेन्द्र खड्का, मिना जोरा र दिनेश जोशी रहेका छन् ।
समितिको पहिलो बैठकले कृषि क्षेत्रलाई प्रचार प्रसारको माध्ययमबाट प्रवद्र्धन र विकास गर्न सहयोग गर्नुका साथै सबै निकायहरु संग समन्वय तथा सहकार्य गरी अगाडि बढ्ने निणर्य गरेको अध्यक्ष मौनीले बताए । नेपाल पत्रकार महासंघ डोटी शाखाका पूर्ब सचिब समेत रहेका पत्रकार मौनी सामुदायीक रेडियो बडीकेदारका प्रवन्ध निर्देशक रहेका छन् ।









