डोटी/कृषि क्षेत्रलाई सबैले प्राथमिकता दिनुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (बिजय) ले बताएका छन् ।
कृषि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डोटीमा आयोजना गरेको जिल्ला भेला तथा शाखा बिस्तार कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले उक्त कुरा बताएका हुन् ।


कार्यक्रमका प्रमुख अथिती समेत रहेका नगर प्रमुख खड्काले सर्बसाधारण आम नागरिकको मुख्य आयश्रोत र पेशा भनेको नै कृषि रहेकोले आम नागरिक सबैले कृषि कार्यलाई प्राथमिकताका साथ लिनुपर्ने बताए । उनले भने ‘कृषि पेशा सबैको लागि उत्तिकै महत्वपूणर् छ, कृषिबाट उत्पादित चिज बस्तुबिना हामी कोहीपनि बाच्न सक्दैनौ, त्यसैले हरेक नागरिकले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’ नगरपालिकाले आगामी दिनमा कृषिमा सबै भन्दा बढी बजेटको ब्यवस्थापन गर्ने समेत नगर प्रमुख खड्काले बताए ।
कृषकहरुले कृषि तथा पशुपालनको कार्यलाई ब्यवसायीक रुपमा गर्न आवश्यक रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डोटीका प्रमुख खड्क बहादुर शाहले बताए । कार्यक्रममा बोल्दै उनले सुदुरपश्चिम त्यसमा डोटी कृषि तथा पशुपालनको लागि राम्रो सम्भावनायुक्त ठाउँ छ, त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
डोटी जिल्ला कृषि उत्पादित चिज बस्तुहरुको लागि अति उपयुक्त ठाउँ रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । जिल्लाको भुगोल अनुसार अन्नबाली, फलफुल, माछा पालन, पशुपालनका लागि उपयुक्त छ त्यसैले कृषि क्षेत्रको प्रवद्र्धन गर्न सञ्चार माध्ययमको महत्वपूणर् भूमिका आवश्यक हुने पनेरुले बताउ ।
कृषि क्षेत्रमा रहेका राम्रा कार्यहरुको उजागर गर्न संचार माध्यमको महत्वपूणर् भूमिका रहने नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । कृषकहरुले गरेका राम्रा अभ्यास र कार्यहरुको उजागर र कृषि क्षेत्र भित्र रहेको कमी कमजोरीहरुलाई औंल्याइ सुधारमा समेत संचार माध्यमले महत्वपूर्ण भूमिका निबार्ह गर्नुपर्ने शाहीले बताए । कृषि पत्रकार महासंघ जिल्ला शाखालाई पत्रकार महासंघ डोटी शाखाले पूणर् सहयोग गर्ने समेत उनले बताए ।









