डोटी/कोभिड प्रभावित, विपन्न तथा कमजोर बन्दोबस्त भएका ४० जना उद्यमीहरुलाई व्यवसाय परामर्श दिइएको छ ।

सो सम्बन्धीको एक दिने कार्यशाला गोष्ठी सोमबार सिलगढीमा सम्पन्न भएको छ । डिफ्याट र लुथरन विश्व फेडरेसन नेपालको आर्थिक सहयोग तथा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीको आयोजनामा गोष्ठी संचालन गरिएको हो ।

कार्यशाला गोष्ठीको उद्धाटन गर्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासिले कृषक, समुह, व्यवसायलाई दर्ता प्रक्रियामा सहयोग गरी व्यवसाय संचालनका लागि आगामी दिनहरुमा सहयोग गर्न सकिने बताए । कार्यक्रममा बोल्दै व्यवसाय संचालनका क्रममा आएका समस्याहरुका लागि वडा कार्यालयले गर्न सकिने सहयोग गर्न तयार रहेको, जंगली जनावरबाट भएको क्षतिका लागि वडाले सिफारिस गर्न सकिने र व्यवसायीहरुले विमा गरी ढुक्क साथ व्यवसाय संचालन गर्न अध्यक्ष मलासीले जोड दिए ।

कार्यक्रममा बोल्दै वडा नं. ६ का वडा सदस्य दिपा श्रेष्ठले ले संस्थाले हिंसा प्रभावित महिला, अपांगता भएका ब्यक्ति, एकल महिलालाई विशेष प्राथमिकता दिएर व्यवसाय संचालनका लागि सहयोग गरेर महिलाहरु आयआर्जन तर्फ लागिरहेकाले निरन्तर रुपमा व्यवसाय संचालन गरी आत्मनिर्भर हुन आग्रह गरिन् । आगामी दिनहरुमा वडा कार्यालयले पनि लक्षित वर्ग अन्तर्गत हिंसा प्रभावित महिला, अपांगता भएका ब्यक्ति, एकल महिलालाई प्राथमिकता दिएर सहयोग गर्ने बताइन ।

टोल टोलमा कृषक समुह बनाई कृषिमा आत्म निर्भर हुन, जमिनलाई बाँझो रहन नदिन सहभागिहरुलाई आ-आफनो व्यवसाय विस्तार गर्न, व्यवसायीहरुले व्यवसायिक योजना सम्बन्धी आधारभूत तालिम पाइसकेकाले आगामी दिनहरुमा आबद्ध समुहका सबै सदस्यहरुको ब्यवसाय स्थापना गर्न उद्यम विकासमा सहयोग गर्न सकिने दिपायल सिलगढी नगरपालिकाका कृषि शाखा अधिकृत आशिष आलेले बताए ।

कोविड १९ प्रभावित ४५ जनालाई गत वर्ष संस्थाले ब्यवसाय स्थापना गर्नका लागि सहयोग गरेको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच डोटीका जीविकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले बताए ।

कार्यसाला गोष्ठिको समापन सत्रमा लुथरन विश्व फेडरेसन नेपालका कार्यक्रम संयोजक चेतमान साउदले उद्यमीहरुलाई दातृ निकायको सहयोगमा साझेदार संस्था यु.एस.एस.वि.एम. ले बाटो मात्र देखाएकोले आगामी दिनहरुमा व्यवसाय स्थापना गरी अन्य निकायबाट सेवा सुविधा लिन सहज होस् भनेर यो कार्यशाला आयोजना गरिएको र आगामी दिनहरुमा थप सेवाका लागि जियो कृषिमा जोडिन र सो बाट पाएको ज्ञान समुहमा छलफल गरी लाभ दिन सकिने बताए ।

यु.एस.एस.वि.एम. डोटीले सायलमा ४७ जना, दि.सि.न.पा. मा ४५ जना र शिखर नगरपालिकामा ४३ जना गरी जिल्लामा १३५ जना कोरोना प्रभावितलाई ब्यवसाय संचालनका लागि सहयोग गरेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय