बजेट प्रतिस्थापनको ‘अप्रोच’ ठिकठिकै लाग्यो । अलिअलि वामपन्थी गन्ध आएकै छ । सक्ने काम गर्ने, गर्न नसक्ने कुरामा पनि आँट देखाउने काम पनि भएकै छ । राजस्वतर्फ जति सुधार गर्न सकिन्थ्यो, त्यति हिम्मत चाहिं गर्नुभएनछ ।

बजेट सुनेपछि मलाई के लाग्यो भने आर्थिक दृष्टिकोणमा नेपालका सबै पार्टी एउटै रहेछन् । बाहिर भाषणमा जूनतारा झारे पनि बजेट पेश गर्ने बेलामा सबैको नीति एउटै हो भन्ने यो बजेटले देखायो । यो भनेको डा. रामशरण महतकै बजेट ‘ओरियन्टेसन’को निरन्तरता हो ।

बजारप्रति अधिक विश्वास देखियो । सहकारीहरुलाई पनि कम्पनीमा लगानी गर्न दिने घोषणा भएको छ । सहकारी भनेको निजी क्षेत्रको एउटा अंग त हो, तर यो नाफामुखी निजी क्षेत्रभन्दा अलग पनि हो । सहकारीले पनि पूँजी बजारमा प्रवेश पाउने, भगिनी कम्पनी खडा गरेर लिस्टिङ गर्ने भन्ने जुन कुरा आयो, यो भनेको झन् बढी बजारमुखी हुने हो ।

जनार्दन शर्माहरु नवउदारवादी व्यवस्था खत्तम हो भन्दै आएका हुन् । बजेटले गरेका कतिपय व्यवस्था भने घोर नवउदारवादी, घोर बजारमुखी छ । जलविद्युत कम्पनीहरुले २०८२ सालसम्म आयकर छुट पाएकामा अब १५ वर्ष थपिएको छ ।

अहिले जलविद्युत्मा लगानी गर्ने प्रवद्र्धक जति मालामाल कोही भएका छैनन् । उनीहरुले बैंकबाट कर्जा लिएर आफ्नो इक्विटीको पैसा उठाए । आफैं लगानी नगरेका उनीहरु पब्लिक र बैंकको पैसा लगानी गरेर, पब्लिक शेयर होल्डरलाई ३० प्रतिशत फालेर बसेका छन् ।

फेरि शेयर मूल्य बढेको बढ्यै छ । बैंकमा पैसा राख्नुभन्दा शेयर किन्नु घाटा हुँदाहुँदै पनि मान्छेहरु शेयर किनिरहेका छन् । यसरी नाफा कमाइरहेका जलविद्युत कम्पनीहरुलाई अर्को १५ वर्ष आयकर छुट दिनु भनेको बजारवाद कि समाजवाद हो ?

सडकमा कार्यकर्ता उचाल्न उदार अर्थतन्त्र र निजीकरणको विरोध गर्नेहरुले त्यसलाई छोड्न नसकेपछि कम्तीमा सुधार गरिदिए हुने थियो । प्रतिस्थापन विधेयकमा बजार नियमनको कुरा कतै छैन । नक्कली भ्याट बिल, औषधिको नियमन, शिक्षाको गुणस्तर, पहुँच जस्ता सवालमा ध्यान दिइएको छैन ।

बजेटलाई फरक नाममा वितरणमुखी बनाइएको छ । १५ अर्ब घटाउने भनिएको छ, तर कहाँ, कसरी स्पष्ट छैन । त्यो १५ अर्ब केपी ओलीले हतारमा ल्याएको आयोजनाबाट कटौती भयो होला ।

बजेटको एउटा बुँदामा आम्दानीवाला वर्गलाई नदिने गरी अलिकति सामाजिक सुरक्षाको प्रबन्ध गर्ने भनिएको छ । नीतिमा अलिकति पुनरावलोकन बाहेक पैसा कतै काटिएको छैन । वितरणमुखी र बजारमुखी पक्षबाट त पूर्ण रुपमा विगतकै निरन्तरता छ । नियमविनाको नवउदारवादलाई पनि निरन्तरता दिइएको छ ।

निजी क्षेत्रमैत्री नीतिको कुरा गरिएको छ, तर उपभोक्ता र श्रमिकको हितको कुरा कतै छैन । ठूला लगानीकर्तालाई छुटको कुरा छ, तर प्रतिस्पर्धा प्रवर्द्धनको कुरा कतै छैन ।

बजेटमा नयाँ के रहेछ भनेर खोज्दा राजनीतिक आन्दोलनमा बलिदान दिएकाहरुको परिवारलाई जीविकोपार्जन भत्ताको व्यवस्था भेटिन्छ । यो सबभन्दा नयाँ खुला वितरणमुखी व्यवस्था हो । सहकारीलाई कम्पनीमा लैजाने पनि नयाँ व्यवस्था नै भयो ।

अरु देशमा यस्तो अभ्यास नभएको हैन । विदेशमा सहकारी सिद्धान्त र अनुशासनका कायम रहेर सहकारीहरुले कम्पनी चलाउँछन् । नेपालमा जुन प्रवृत्ति छ, यसमा यो सम्भव नै हुँदैन । सञ्चालकहरुले सहकारीको पैसा अन्यत्र लगानी गरेर धेरै सहकारी डुबाएका पनि छन् । रोक्दा त नक्कली काम भएको छ भने खुला गरेपछि हुने भनेको भद्रगोल नै हो ।

माओवादीको यो तेस्रो बजेट हो । यसअघि डा. बाबुराम भट्टराई र कृष्णबहादुर महराले ल्याउनुभएको थियो । माओवादीको सिग्नेचर बजेट अहिलेसम्म आएको थिएन । अर्थमन्त्री हुनासाथ बजेट ल्याउनुपरेको डा. भट्टराईले फेरि त्यस्तो अवसर पाउनुभएन । महराले ल्याएको बजेट कर्मचारीबाटै तयार भएको थियो ।

डा. भट्टराई पनि अहिले खुला बजारबाटै फाइदा लिने हो भन्नेमा पुग्नुभएको छ ।

यो बजेट प्रतिस्थापन विधेयक २०४८ सालको उदारवादी र २०५१ को वितरणमुखी ‘ओरियन्टेसन’को निरन्तरता हो । २०४८ मा महेश आचार्य र २०५१ मा भरतमोहन अधिकारीले ल्याएको बजेटको हाइब्रिड रुप आएको छ । अर्थतन्त्र व्यवस्थापनमा माओवादीको ‘सिग्नेचर डिपार्चर’को लक्षण यसमा छैन ।

आर्थिक व्यवस्थापनमा कुन अर्थमन्त्रीले के उल्लेख्य काम गरे भनेर सम्झिँदा महेश आचार्य, डा. रामशरण महत र भरतमोहन अधिकारीको नाम आउँछ । बजेटका कारण माओवादी मन्त्रीको नाम आउने अवस्था बनेको छैन ।

अनलाइन खबरबाट

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय