काबुल/तालिबानले अफगानिस्तानमा पंजशीर उपत्यका कब्जामा आएको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पंजशीर उपत्यका पूर्ण रुपमा आफूहरूको कब्जामा आएको बताएका हुन् ।

राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मुजाहिदले पंजशीर पूर्ण रूपमा कब्जामा आएको बताएका हुन् । ‘उपत्यका पूर्ण रुपमा हाम्रो नियन्त्रणमा आएको छ,’ उनले भने ।

प‌ंजशीरमा तालिबानलाई रोक्न सैन्य गतिविधि सञ्चालन गर्दै आएको नेसनल रेसिस्टेन्स फोर्स(एनआरएफ) सँग वार्ताको प्रयास सफल नभएको उनले बताए । वार्ताका लागि आफूहरूले प्रयास गर्दा एनआरएफले नकारात्मक उत्तर दिएको उनको दाबी थियो ।

तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले मुलुक छाडेर भागेको दाबी गरेको छ । यसअघि केही दिनअघि पनि तालिबानले त्यही दाबी गरेको थियो । तर सालेहले उक्त दाबीको खण्डन गरेका थिए । सालेहले केही दिनदेखि पंजशीरमा एनआरएफलाई साथ दिँदै आएका थिए ।

तालिबान प्रवक्ता मुजाहिदका अनुसार प‌ंजशीर कब्जाका क्रममा सर्वसाधारणको मृत्यु नभएको दाबी गरे । सोमबारदेखि उपत्यकामा बिजुली, इन्टरनेटलगायतका सेवा पुन: सुरु गरिने तालिबानले बताएको छ । यसअघि तालिबानले फोन, इन्टरनेट, बिजुलीको लाइन काटिदिएको थियो ।

राजधानी काबुलबाट एक घण्टाको दूरीमा रहेको यो उपत्यका तालिबानको कब्जाबाहिर रहेको एक मात्र प्रान्त थियो । सन् १९९६ देखि २००१ सम्म तालिबानले सरकार चलाउँदा पनि पंजशीर उनीहरुको नियन्त्रणबाहिर रहेको थियो । त्यतिबेला पनि पंजशीरमा नर्दन एलायन्सले तालिबानलाई कडा चुनौती दिएको थियो ।

पंजशीर अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यहाँ करिब २ लाख मानिसको बसोबास रहेको छ । उपत्यकाको बीचबाट पंजशीर नदी बग्दछ । चारैतर्फ ९ हजार ८ सय फीट उचाइका पहाडले घेरिएको छ पंजशीर । यहाँ सबैभन्दा बढी ताजिक मूलका मानिसको बसोबास रहेको छ । बाहिरका मानिसहरूसँग बहादुरीपूर्वक लडेका कारण उनीहरु सधैं चर्चामा रहँदै आएका छन् । विभिन्न रत्न र खानीका कारण उपत्यका पछिल्लो दुई दशकमा ठूलो लगानी भएको बताइन्छ ।

तालिबानको विरोध गरिरहेको एनआरएफमा अफगानिस्तानको सुरक्षा फौजमा रहेका सुरक्षाकर्मी र स्थानीय लडाकु समावेश छन् । उक्त समूहको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसूदले गरेका छन् । उनका बुवा अहमद साह मसूद सन् १९८० को दशमा सोभियत संघ र सन् १९९०को दशकमा तालिबानविरुद्ध सशक्त रुपमा लडेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो । त्यसपछि पंजशीरमा उनका छोराले राम्रो समर्थन प्राप्त गर्दै आएका छन् । ३२ वर्षीय अहमदले किंग्स कलेज लन्डन र स्यान्डहर्स्ट मिलिटरी एकेडमीबाट उच्च शिक्षा हासिल गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय