कायरो/लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा रिहा भएका छन् । समाचार एजेन्सी रोयर्टसका अनुसार अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएका छन् ।

रिहा हुने बित्तिकै अल शादीलाई टर्की इस्तानबुलतर्फ पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सहयोग प्राप्त गरेको विद्रोहीहरुले मुअमार गद्दाफीलाई अपदस्थ गरेका थिए । त्यसलगत्तै अल शादी छिमेकी देश नाइजरतर्फ भागेका थिए । सन् २०१४ मा अल शादीलाई लिबियामा सुपुर्दगी गरिएको थियो । त्यसपछि उनलाई त्रिपोलीको जेलमा राखिएको थियो ।

गद्दाफीलाई सत्ताच्युत गरेपछिको लिबियामा शान्ति स्थापना हुन सकेको छैन । मार्च महिनामा गठन गरिएको राष्ट्रिय सहमतिको सरकारले डिसेम्बरमा निर्वाचन गर्ने योजना बनाएको छ । अल शादीको रिहाईलाई पनि लिबियामा स्थायित्व दिने योजनाको अंशको रुपमा हेरिएको छ ।

गद्दाफीको शासनमा उनको ८ सन्तानको महत्वपूर्ण भूमिका थियो । सन् २०११ को आन्दोलनको समयमा अल शादीले एउटा विशेष युनिटको नेतृत्व गर्दथे । जसले आन्दोलनकारी तथा विद्रोहीमाथि दमन गर्न भूमिका निर्वाह गरेको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय