एजेन्सी/बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् ।
उनले भने,’म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौं, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि छौँ । यदि अफगानिस्तानमा शान्तिको स्थापना हुन्छ, या यहाँको अवस्थामा सुधार आएर समस्या समाधान हुन्छ भने हामीले तालिबानी समूहसँग पनि मिलेर काम गर्न सक्छौँ । ‘

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फर्किन चाहने नागरिकको भीडभाड हट्दै गएको र तालिबानीले पनि यसमा सामान्यतया अवरोध नगरेको देखिएको बताए । अफगानिस्तानको अवस्था विस्तारै सामान्य हुँदै गएको जस्तो देखिएको उनले बताए ।

तालिबानले महिनौं अघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेको थियो । अगस्ट १५ मा राजधानी काबुल आएर तालिबान समूहले सत्ता कब्जा गरेको थियो ।

सुरुमा विभिन्न बाहिरी प्रान्त कब्जा गर्दै आएका तालिबानीको पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे ।

यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको या नसकेको भन्ने बारेमा पनि अहिले विश्वव्यापी बहस भइरहेको छ ।

हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन् । यसै क्रममा बेलायतले पनि गएको आइतबार यता कम्तीमा दुई हजार आफ्ना नागरिकलाई फिर्ता लगिसकेको जनाएको छ ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय