डाेटी, फागुन- २२,
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतदान सकिएसंगै डाेटीमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना हुने भएकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना हुने निर्णय गरेकाे हाे ।


जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन भएसंगै मतगणनाकाे प्रक्रिया सुरू गर्न लागिएकाे मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले बताए ।
डाेटीमा जम्मा ४०.८८ प्रतिसत मत खसेकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार जिल्लाभरी ५२ हजार चार सय ८५ मत खसेकाे छ ।
महिलाकाे ३१ हजार नाै सय दुई मत र पुरूषकाे २० हजार पाँच सय ८३ मत गरि जम्मा ५२ हजार चार सय ८५ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तले जानकारी दिएका छन् ।









