बन्दना बम,
मंसिर– १६, डोटी,
डोटी जिल्लाका अधिकांश पुरुषहरु रोजगारको सिलसिलामा छिमेकी देश भारत तथा खाडी मुलुकहरुमा जाने गरेकाले अहिले गाउँहरुमा महिला, बालबालिका तथा बृद्ध मात्र बस्ने गरेका पाइन्छन् । कुनै सार्बजनिक  काममा श्रमिकको रुपमा काम गर्ने होस् वा गाउँमा हुने श्रमदानकाकार्य गर्दा होस् महिलाहरु मात्र देखिने गरेका छन् ।

समुदायमा हुने ठुला योजना देखि साना–साना कार्यहरुमा श्रमदान गर्ने देखि ज्यालादारीका कामहरु महिलाले गर्ने गरेका छन् । डोटीमा ७०÷८० प्रतिसत भन्दा बढी घरधुरीका पुरुषहरु आफ्नो जीवनकालमा रोजगारीको लागि भारत वा खाडी मुलुकहरु गएका पाईन्छ ।

शिखर नगरपालिका– ५, तिजाली स्थित ‘कानाखेत तटबन्द आयोजना’को निर्माण कार्यमा श्रमदान गरेकी स्थानीय भागा साउद भन्छिन्– ‘गाउँमा पुरुष मान्छे कोही नभएकाले महिलाले नै गाउँमा भईरहने कुनै पनि योजनाको श्रमदान अथवा श्रमिकको रुपमा सहभागि हुनुपर्ने बाध्यता रहेको छ ।’ ‘गाउँमा भएका अधिकांश पुरुष मान्छेहरु कमाइको लागि भारत तथा खाडी मुलुकहरु जाने गरेकाले हामी जस्ता महिलाहरुले गाउँ, समाज चलाउनु पर्ने बाध्यता रहेको साउद बताउँछिन् ।’

गाइभैसी पाल्ने, खेतबारीमा खेतीगर्ने, बच्चा हेर्ने, खाना बनाउने, यि सवै काम महिलाका हुन तर उनीहरुले यस वापत पारिश्रमिक पाउदैनन । महिलाहरुले घरायसी कामदेखि श्रम बजारसम्म सबै ठाउँ खटिनुपर्ने बाध्यता रहेको अधिकारकर्मी लक्ष्मी देउवा बताउँछिन् । ‘एक रथका दुई पाङ्ग्रा भनेझै मानव जीवनमा पनि महिला र पुरुष दुई पाङ्ग्रा भएर जीवनलाई अगाडि बढाउनु पर्ने हो, तर हाम्रो समाजमा त्यो नभइरहेको अवस्था छ ।’, देउवाले भनिन्, ‘बिभिन्न कारण तथा बाध्यताले महिला र पुरुषमा समानता नभइरहेको अवस्थामा पुरुष जातिले महिलाको अधिकार कायम राख्न सहयोग गर्नुपर्ने देखिन्छ ।’

आर्थिक रुपमा परिवारलाई सक्षम बनाउन पुरुषहरु बाहिरी देश जानुपर्ने बाध्यताका कारण पनि यहाँका महिलाहरुले श्रमिकको रुपमा घरायसी होस् या अन्य श्रमका कामहरुमा समय व्यतित गरिराख्नु पर्ने बाध्यता रहेको अधिकारकर्मी देउवा बताउँछिन् ।

आफ्नो श्रीमान भारत गएकाले घरको मात्र नभएर समुदायको काममा समेत लाग्नु परेको बताउँदै मानमती नेपाली भन्छिन्– ‘घर खर्च चलाउन पनि ज्यालामा काम गर्नुपर्ने र गाउँका सबैले गर्ने सामुहिक काममा समेत जानुपर्ने बाध्यता छ ।’ यसरी दैनिक जसो कामका कारण बच्चालाई समेत समय दिन नसकिने उनले बताइन् । घरायसी काम समेत बच्चालेनै गर्नुपर्ने बाध्यता रहेको मानमतीले बताइन् ।

काम गर्ने उमेर समुहका पुरुषहरु गाउँमा नहुँदा सडक खन्ने देखि ढुङ्गा बोक्ने सम्म सबै महिलाले नै गर्ने गरेको गाउँका अगुवा समाजसेवी दिर्घ बहादुर सिंहको भनाई छ ।

समाजसेवी सिंहका अनुसार पहिले परिवारमा आमावुवा, दाजु, भाई भतिजा सबै मिलेर बसेका हुन्थ्ये, एक दुई जना कमाउन भारत गए पनि बाँकी गाउँ समाज र घरको काम धान्थे तर अहिले अधिकांस परिवार एक्लै हुन्छन्, गाउँमा एकआद् परिवार मात्रै संयुक्त परिवारको रुपमा देखिन्छन र धेरै जसो एक्लै हुन्छन्, कमाउन र परिवार पाल्न गाउँ छोड्नु पर्ने बाध्यता छ, केही गाउँमा शिक्षक, स्वास्थ्यकर्मी र सामान्य गाउँमा व्यापार गर्ने मात्रै पुरुषहरु छन बाँकी सबै कोही भारत केही तेस्रो मुलुक गएका छन ।, गाउँ समाजको काम र घरको जिम्मेवारी महिलाको काँधमा छ ।

आदर्श गाउँपालिकाका व्यवसायी भरत बोहरा भन्नुहुन्छ सबै अहिले विहे गर्यो परिवारमा खटपट हुन्छ आफ्नो परिवार अलग बस्ने र आफु कमाउन बाहिरी देश जान्छन् गाउँमा स(साना देखि विकासका पुर्वाधार सम्ममा महिलाहरुको सहभागिता वढि देखिन्छ । काम पनि पुरुषभन्दा महिला इमान्दार भएर गर्ने भएकाले पनि अहिले महिलालाई नै कामको लागि खोजि रहेका हुन्छन् । काम पाउन पनि रहेको उनको भनाई छ ।

‘काम गर्ने कालु, मकै खाने भालु’भन्ने उखान महिलाहरुका लागि चरितार्थ भएको छ । भन्ने उखान महिलाहरुका लागि चरितार्थ भएको छ । यस्मा कतिपय महिलाहरुले आफुले समान काम समान ज्याला राज्यको नीतिमा भएपनि व्यवहारमा भने त्यस्तो नभएको दिपायल सिलगढी नगरपालिकामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सानुमाया लिम्बुको भनाईछ । एउटा सिंचाई नहर निमार्णको ठेक्का लिएका ठेकेदारले काममा लगाएका अदक्ष कामदार महिला र पुरुषको ज्याला बराबरका लागि महिलाहरुले आवाज उठाउँदा अन्य गाउँबाट कम रकममा सोही कामका लागि कामदार ल्याएर काम लगाउने गरेको लिम्बुले बताईन ।

समान कामको समान ज्यालाका लागि आधिकारीक उजुरी परेको कतै देखिदैन तर पनि पहिलेको तुलनामा अहिले महिला कामदारले ज्याला पाउने गरेको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले बताए । ‘पहिले महिलाहरुलाई दिनको तीन सयको दरले ज्याला दिने गरे पनि अहिले पाँच सयको हिसाबमा ज्याला दिने गर्दछन् ।’, अध्यक्ष बमले भने, ‘अधिकांश महिला कामदारहरु दक्ष भन्दा अदक्षको रुपमा काम गर्दै आइरहेका हुन्छन् ।’

आर्थिक बर्ष २०८१÷०८२ मा करिब ३० जना महिलाहरुलाई मिस्त्रीको तालिम दिएको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायले जानकारी दिइन् । मिस्त्री काम सिके पनि महिला कामदारहरु घर निर्माणको ठेक्का लिन अझै नसक्ने गरेको उनले बताइन् । ‘कुनै पनि निर्माण कार्यको ठेक्का पुरुष कामदारले लिने गरेको पाइन्छ ।’, उपाध्यक्ष रोकायले भनिन्, ‘महिला कामदारहरु दैनिक ज्यालादारीमा मात्रै सिमित रहने गरेका छन् ।’

दैनिक ज्यालादारीमा काम गर्ने महिला कामदारले दिनको सात सयको हिसाबमा ज्याला पाउने गरेको र दक्ष पुरुष कामदारले दिनको पन्ध्र सयको हिसाबमा ज्याला पाउने गरेको उपाध्यक्ष रोकायले बताइन् । गाउँमा अधिकांश पुरुषहरु कामको लागि बिदेश जाने गरेकाले महिला मात्रै गाउँमा बस्ने र श्रमिकको रुपमा पनि महिलाहरुनै बढी मात्रामा हुने गरेको उनले बताइन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय