समृद्ध ग्राम, हरिद्वार,
कार्तिक- १८,
पतंजली याेग समिति नेपालकाे आयाेजना तथा पतंजली याेग पीठ हरिद्वारकाे व्यवस्थापनमा सातदिने मुख्य याेग शिक्षक प्रशिक्षण शिविर संचालनमा रहेकाे छ ।
समृद्ध ग्राम हरिद्वारमा संचालनमा रहेकाे शिविर दुई सिफ्टमा हुने भइरहेकाे छ । पहिलाे सिफ्टकाे शिविर कार्तिक १८ गते सकिदैछ भने दाेस्राे सिफ्टकाे शिविर कार्तिक २२ गतेदेखि सुरु हुने भएकाे छ ।


पहिलाे सिफ्टमा सुदूरपश्चिम, लुम्बिनी र वाग्मती प्रदेशका चार सय ८० जना याेग साधककाे सहभागीता रहेकाे छ भने दाेस्राे सिफ्टमा बाँकी अन्य प्रदेशका करिब साेहि संख्यामा याेग साधककाे सहभागिता रहने पतंजली याेग समिति नेपालले जानकारी दिएकाे छ ।
‘गराैं याेग, रहाैं निराेग’ भन्ने मुल नाराका साथ संचालनमा रहेकाे शिविरमा नेपालका मुख्य प्रभारी लवदेव मिश्र, प्रत्येक प्रदेशका प्रदेश प्रभारी, जिल्ला प्रभारी लगायत सह-शिक्षक तालिम प्राप्त व्यक्तिहरूकाे सहभागिता रहेकाे छ ।

पहिलाे सिफ्टकाे शिविर कार्तिक १२ गतेदेखि १८ गतेसम्म र दाेस्राे सिफ्ट २२ देखि २८ गतेसम्म संचालनमा रहने भएकाे छ ।
याेग मार्फत स्वस्थ समाज निर्माण तथा वैधिक सनातन संस्कृति मार्फत समाजकाे विकासका लागि पतंजली याेग समितिले नेपालमा याेग अभियान संचालन गर्दै आइरहेकाे छ । अहिले नेपालका सबै जिल्लाहरूमा हजाराैंकाे संख्यामा याेग कक्षाहरू संचालनमा रहेका छन् ।









