डोटी, चैत १७,
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल हिन्दु धर्म, हिन्दु संस्कृति, परम्परा मान्ने राष्ट्र भएको बताए ।

डोटी र डडेल्धुराको संगम स्थलमा रहेको गहनान धाम क्षेत्रमा संचालन भइरहेको श्रीमद् देवी भागवत महापुराण ज्ञान धन, धान्याञ्चल लक्ष हवन महायज्ञको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन् ।

‘हिन्दु धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो’, देउवाले भने, ‘गौ पुजन हुने देश हो, हामी सबै गाईलाई पुजा गर्दछौं ।’ उनले हिन्दु राज्य घोषण नभएपनि नेपाली हामी सबै हिन्दु रहेको बताए ।

देउवाले गहनान धाम क्षेत्र ऋषिमुनीहरुले तपस्या गर्ने भुमी भएकाले यसको महत्व ठुलो रहेको बताए ।

सीता (सेती) नदी र साकल्य नदी मिसिएर बनेको त्रिवेणी धाम गहनानमा माघे संक्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ । देउवाले शिखर नगरपालिका– १० उच्चाकोटमा रहेको सिताराम माविमा अध्ययन गरेको कुरा सम्झदैं आफुहरु स्कुल जाँदा–आउँदा गहनानमा नुहाउने गरेको बताए । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्य हुने भएकाले यो क्षेत्र धार्मीक हिसावमा महत्वपूर्ण रहेको उनले बताए ।

उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरुको पवित्र स्थलका रुपमा गहनान धाम रहेको र घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम धाम रहेको बताए ।

धार्मिक पर्यटन प्रवद्र्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ चैत १७ गतेदेखि २५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

महायज्ञमा मुख्य कथा वाचकका रुपमा पण्डित श्री ऋषिकेश उपाध्याय जी रहने भएका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय