डाेटी, जेठ- २३,
डाेटीमा जीप दुर्घटना हुँदा दुई एक बच्चा सहित दुई जनाकाे मृत्यु भएकाे छ ।
दार्चुलाको लेकमबाट धनगढी गइरहेकाे सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुधबार बिहान ४ :३० बजे डोटीको जोरायल गाउँपालिका- १, खडिनामा दुर्घटना हुँदा दार्चुला, लेकम गाउँपालिकाका तीन वर्षीया रितिका पार्की र अन्दाजी ४० बर्षीय धौलीदेवी धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
जीपमा चालकसहित ९ जना सवार रहेका र दुर्घटनामा ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी उपरीक्षक हेमलाल भट्टराईले जानकारी दिएका छन ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका- ५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका- ६ का ४५ वर्षीय जगत धामी, लेकम- ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की, डिलाशैनी गाउँपालिका- ६ का १७ वर्षीय अर्जुन लुहार, साेहि ठाउँका २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका- ४ की ६० वर्षीया मानमति धामी रहेका छन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ।









