सिलगढी,

राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा डोटीको जिल्ला सदरमुकाम सिलगढीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–६, सिलगढीस्थित पद्मा पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयमा प्रदर्शनी कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाभरिका १४ वटा विद्यालयको सहभागिता रहेको प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञानमा आधारित विभिन्न शैक्षिक सामग्री प्रस्तुत गरेका थिए। हाइड्रोलिक प्रणाली, पास्कलको नियम, हरितगृह, वायु प्रदूषण तथा सौर्यमण्डलको कार्यप्रणालीबारे विद्यार्थीहरूले प्रयोगात्मक सामग्रीमार्फत प्रदर्शन गरेका थिए।

आफूले सिकेका र जानेका कुरालाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको दिल्पेश्वर माध्यमिक विद्यालयका विद्यार्थी सन्तोष नागरिकले बताए।

त्यस्तै, पद्मा पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका विद्यार्थी आकाश ओझाले कक्षाकोठाभित्र पढेका विषयलाई यसरी प्रयोगात्मक रूपमा प्रस्तुत गर्न पाउँदा रमाइलो र खुसी लागेको बताए।

प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञानसम्बन्धी सामग्रीले उनीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइलाई उजागर गरेको शिक्षा विकास तथा समन्वय इकाइ डोटीका शाखा अधिकृत गणेश रावलले बताए।

त्यसैगरी, इकाइ प्रमुख भीमप्रसाद पनेरुले सहभागी विद्यार्थीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुसन्धान गर्ने बानीको विकाससँगै वैज्ञानिक सोच निर्माण गर्न सहयोग पुग्ने बताए।

प्रदर्शनीमा उत्कृष्ट सामग्री प्रस्तुत गर्ने विद्यालयहरूलाई पुरस्कारसमेत प्रदान गरिएको छ। प्रथम स्थान केदारेश्वर माध्यमिक विद्यालय, द्वितीय पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय र तृतीय स्थान भागरती एकेडेमी भएका छन्। त्यस्तै, सान्त्वना पुरस्कार सुजुङ बोर्डिङ स्कुलले प्राप्त गरेको छ।

प्रदर्शनीको अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी उपरीक्षक सागर बोहरा, दिपायल सिलगढी नगरपालिका शिक्षा शाखा प्रमुख शंकर सुचिकारलगायत विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक तथा व्यावहारिक शिक्षातर्फ प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीले विज्ञान शिक्षाको महत्वलाई थप उजागर गरेको छ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय