डोटी, असोज- ३१,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ गतेदेखि सुरु हुने अधिवेशनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्ताहरूलाई सक्रियताका साथ सहभागी हुन डोटी कांग्रेसका तीन गाउँ-नगरपालिका कार्यसमितिले निर्णय गरेकाे छ ।

असोज ३ गते हुने गाउँ-नगर वडा अधिवेशन, असोज ७ गते हुने गाउँ-नगरपालिका अधिवेशन तथा असोज १० गते हुने प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सक्रियरूपमा भाग लिने डाेटीकाे दिपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका र पूर्वीचाैकी गाउँपालिकाका नेपाली कांग्रेस गाउँ-नगरपालिका कार्य समितिले बुधबार निर्णय गरेकाे हाे ।

अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित पालिका कार्यसमितिहरूले पार्टीका नेता, कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई सक्रिय रूपमा परिचालन गर्ने समेत निर्णय गरेका छ ।

अधिवेशनका क्रममा पार्टीको लोकतान्त्रिक संस्कार, विधि, पद्धति र आन्तरिक एकतालाई मजबुत बनाउँदै सबै तहका नेता तथा कार्यकर्ताबीच आपसी समझदारी र सहकार्य कायम गर्नेमा समेत जोड दिइएको छ।

अधिवेशनलाई प्रतिस्पर्धाभन्दा सहकार्य र व्यक्तिगत स्वार्थभन्दा पार्टी हितलाई प्राथमिकतामा राखेर सम्पन्न गर्न पार्टीका स्थानीय तहहरूले आह्वानसमेत गरेका छन्।

पालिका कार्यसमितिहरूले अधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधि, क्रियाशील सदस्य तथा पार्टीका नेता-कार्यकर्तालाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई अधिवेशन सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको अधिवेशनलाई स्वच्छ, निष्पक्ष, अनुशासित र सौहार्दपूर्ण ढंगले सम्पन्न गर्ने प्रतिबद्धता स्थानीय तहका पार्टी नेतृत्वले व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय