डोटी, पुस- ८,
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ मा मंगलबार एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
जोरायल गाउँपालिका वडा नम्बर ६ गावर बस्ने वर्ष २८ का खेम साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै कोठामा करेन्ट लागेको थियो । बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर घाईते भएका उनलाई आफन्तले उपचारको लागी बेलुका ५ बजेतिर मिनेटमा सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको र उपचारको क्रममा ५ बजेर २७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।









