डोटी, मंसिर– २४,
सिलगढी/लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरी सम्पन्न भएको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै बुधबार सम्पन्न भएको हो । जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा लैङ्गिक हिंसा बिरुद्धका कार्यक्रमहरु गर्दै आएका थिए । अभियानको अन्तिम दिन आज अन्तरक्रिया तथा समापन कार्यक्रम गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा समापन कार्यक्रममा १६ दिनसम्म गरेका गतिविधिका बिषयमा छलफल समेत गरिर्एको थियो । कार्यक्रममा सेफ हाउस, ओसिएमसि नेपाल लगायतले आफ्नो प्रस्तुति समेत राखेका थिए । कार्यक्रमका सहभागिहरुले लैङ्गिक हिंसा बिरुद्ध सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला अदालत डोटीका न्यायाधिस पदम राज पाण्डेयले लैङ्गिक हिंसाका साथै डिजिटल हिंसाका बिरुद्धमा समेत सचेतना फैलाउनु पर्ने बताए । ‘सामाजिक सञ्जाल मार्फत कसैलाई धाक–धम्की अथवा शोषण गर्ने लगायतका कामहरु भएमा त्यस्ता कार्यहरुलाई समेत अपराध वा हिंसाको रुपमा लिने गरिन्छ ।’ न्यायाधिस पाण्डेयले भने, ‘बिद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ ले परिभाषा गरे अनुसार सामाजिक सञ्जालमा कसैलाई मानहानी हुने किसिमका सामग्री पोष्ट गरेमा अथवा त्यस्ता सामग्रीलाई सहयोग हुने किसिमका कमेण्ट गरेमा समेत मुद्दा चलेका छन् । त्यसैले प्रविधि प्रयोग गर्दा सावधानीका साथ गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कलावती महरले १६ दिने अभियान संचालन भएपनि लैङ्गिक हिंसा बिरुद्ध सबैले सधैभरी लागिराख्नु बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख बाजी सिंह खड्काले हिंसामा परेका केहि पुरुष लगायत सयौं महिलाहरुको उद्धार गरिसकेको बताउँदै हिंसामा परेका कयौंलाई यातायात खर्च, लत्ताकपडा, सोजगारमुलक तालिम समेत दिइसकेको जानकारी गराए । उनले लैङ्गिक हिंसा न्युनिकरणका लागि सबैको हातेमालोको आवश्यक रहने बताए ।

प्रविधिको सहि प्रयोग नगरेर पनि हिंसा व्यहोरिरहनु पर्ने बाध्यता रहेकोले सबैले प्रविधिको सहि प्रयोग गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । ‘कुटपिट मात्रै हिंसा होइन ।’, संयोजक सिंहले भने, ‘कसै माथि अवहेलना गर्नु, अत्याचार गर्नु, विभेद गर्नु पनि हिंसा भएकाले महिलाका साथै पुरुष पनि हिंसामा पर्ने गरेका छन् ।’ लैङ्गिक हिंसा बिरुद्ध व्यापक रुपमा जनचेतना फैलाउनु पर्ने उनले बताए ।

‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मुल नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरिएको थियो ।

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय